सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आईएमइ सेन्टरले ६४ सयको सट्टा ६४ हजार दिएपछि....

२०७६ जेठ २०, ०७:३० खबर संवाददाता

कैलालीको अत्तरियामा रहेको  एक आईएमइ सेन्टरबाट भारतबाट पठाएको छ हजार चार सय झिक्ने क्रममा दिईएको ६४ हजार फिर्ता गरिएको छ। भारतको हरियाणाबाट  पठाएको रकम अत्तरियाको कैनडा ट्रेड एण्ड सप्लायर्सले सञ्चालन गर्दै आएको आईएमई सेन्टरमा छ हजार चार सय भुक्तानी लिन गएका गोदावरी नगरपालिका १२ का विष्णु विकले बाँकी रकम फिर्ता गरेका हुन्।

आईतबार आईएमइ सेन्टरबाट रकम बुझेर लगेका विकले आज रकम फिर्ता गरेको सञ्चालक तारादत्त जोशीले जानकारी दिए। जोशीका अनुसार आइएमइ सेन्टरमा कार्यरत नयाँ कर्मचारीले झुक्किएर ६४ सय झिक्न पुगेका विकलाई ६४ हजार दिएका थिए। साझ हिसाब तल माथी परेपछि भौचर पल्टाएर तथा सिसि टिभी चेक गर्दा विकलाई भुक्तानी दिईएको पुष्टि भएको थियो। पछि विकलाई सम्पर्क गरी रकम फिर्ता गर्न आग्रह गरेपछि आज बुझाएको जोशीले जानकारी दिए।   

 
 

कमेन्ट लोड गर्नुस