सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्यालय बन्दको निर्णय कार्यान्वयन भएन, भोलीदेखि सुचारु गर्न माग

२०७६ जेठ २०, ०६:३३ खबर संवाददाता

गर्मी बढेको भन्दै धनगढी भित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न उप–महानगरपालिकाले दिएको निर्देशनको विद्यालयहरुले अवज्ञा गरेका छन्। उप–महानगरपालिकाले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेपनि आज उप–महानगर क्षेत्रका धेरै विद्यालय सञ्चालन भएका थिए। फुलवारी, उर्मा र धनगढी क्षेत्रकै सरकारी विद्यालय समेत आज सञ्चालन भएका थिए। धनगढी मुख्य बजारमै रहेका विद्यालय समेत आज खुल्ला रहेका थिए। उप–महानगरपालिकाले आईतवार साँझ जेठ २० देखि जेठ २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको थियो। तर कुनै पनि विद्यालयसंग समन्वय विना नै बन्दको निर्णय भएकाले विद्यालयले उप–महानगरपालिकाले गरेको निर्णय कार्यान्वयन नगरेको बुझिएको छ। 

यस्तै धनगढी क्षेत्रका ११ विद्यालयहरुले भोलीदेखि नै विद्यालय सुचारु गर्न माग गर्दै उप–महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मा रहेको जनता विद्यालयका प्रधानाध्यपाक धनवहादुर सिंहले मौसम अनुकुल भएको र पठनपाठनको महत्पपूर्ण समय भएकाले अहिले विद्यालय बन्द नगर्न माग गर्दै ज्ञापन पत्र बुझाएको बताए। यता धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले भने मंगलवार विहान सर्वपक्षिय बैठक डाकिएकाले त्यसपछि मात्रै निर्णय हुने बताए। 
 

कमेन्ट लोड गर्नुस