सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

२०८१ असार १८, ११:०४ खबर संवाददाता

काठमाडौंः नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ।

केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए। प्रचण्ड सरकारमा उप–प्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन्। गएको मध्यराति (देउवा) ओलीसहित बसेर नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ।

नयाँ कोर्ष अघि बढिसकेकोले समर्थन फिर्तादेखि राजीनामासम्मका सबै काममा विलम्ब नगरिने बर्तौलाले बताए। उनले भने, ‘प्रक्रियामा जे(जे गर्नुपर्ने हो ढिला हुँदैन। एमालेसँग भएको सहमतिबारे पार्टी पंक्तिमा औपचारिक जानकारी गराउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। रास्वपा र माओवादीले पनि सचिवालय र पदाधिकारी बैठक बोलाएको छ।

कमेन्ट लोड गर्नुस