सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा घरजग्गा कारोबार बढ्यो, बैतडी र डोटीमा नक्सापास शून्य

२०८१ असार १८, १०:१६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा घरजग्गा कारोबार बढेको छ। अघिल्लो वर्ष २०७९ को तुलनामा २०८० असार मसान्तसम्मको तुलनामा २०८० पुस मसान्तसम्म घरजग्गा कारोबार बढेको छ।

घरजग्गा रजिष्ट्रेशन संख्या १९ दशमलव ८६ प्रतिशतले बढेको छ। गत वर्ष सोही अवधिमा ३८ दशमलव ९५ प्रतिशतले घटेको थियो। यसैगरी घरजग्गा रजिष्ट्रेशनवाफतको राजस्व संकलन ३ दशमलव ३५ प्रतिशतले बढेर ३१ करोड ३६ लाख पुगेको छ। 

गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन ५९ दशमलव ४२ प्रतिशतले घटेको थियो। समिक्षा अवधिमा घर/भवन नक्सा पास संख्या २७ दशमलव ७३ प्रतिशतले घटेको थियो। कैलालीबाहेक सुदूरपश्चिमका सबै जिल्लामा घरजग्गा रजिष्ट्रेशन संख्या र राजस्वमा वृद्धि भएको छ।

समिक्षा अवधिमा कैलाली जिल्लामा सबैभन्दा बढी ५ सय २७ वटा घर/भवन नक्सा पास भएका छन् भने बैतडी र डोटी जिल्लामा कुनै घर तथा भवन नक्सा पास नभएको नेपाल राष्ट्र बैंकले संकलन गरेको प्रतिवेदनमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस