कञ्चनपुरबाट वन मुद्दाका फरार दोषी पक्राउ
२०८१ असार १८, ०७:३६
कञ्चनपुरः कञ्चनपुरबाट वन मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–१ का ५५ वर्षीय लोकेन्द्रबहादुर रोकाया पक्राउ परेका हुन्। रोकायालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले वन मुद्दामा ५ महिना ५ दिन कैद सजाय र १० हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए।
कमेन्ट लोड गर्नुस