सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

२०८१ असार १७, ०८:३१ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्कामा पुर्वबाट पश्चिम तर्फ आइरहेको मोटरसाइकल साइकलसँग ठोक्किएर आइतवार दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा टीकापुर नगरपालिका–५ का ६५ वर्षीय कल्लु डगौरा,मोटरसाइकल चालक ५१ वर्षीय नविन रावल र एक  जना साइकल चालक रहेका छन्।

साइकल चालक र मोटरसाइकल पछाडि सवार रहेका डगौरा सामान्य उपचारपछि डिस्चार्ज भइसकेको छन्। मोटरसाइकल  चालक रावलको भने नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस