सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक महिलाको शव फेला

२०८१ असार १७, १०:५७ खबर संवाददाता

धनगढीः कैलालीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका–७ गोलौरीकी ७१ वर्षीया फिरिया चौधरीको शव आज (सोमवार) फेला परेको हो।

चौधरीको घरबाट अन्दाजी ५ सय मिटर उत्तरतर्फ रोपाई गरेको खेमराज ढुङ्गानाको खेतबारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालको शव गृहमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस