सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीहरुबीच एकताको पक्षमा छः गजुरेल

२०८१ असार १५, ०८:११ खबर संवाददाता

काठमाडौँः नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले आफ्नो कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन्।

पुष्पलाल अध्ययन समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गजुरेलले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको तर्क गरे।

नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उनले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्ने बताए। उनले कम्युनिष्टहरुले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए। ‘नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको छ।

सबै नेताहरुले यो कुरा बोलि हाल्नुहुन्छ। हाम्रो पार्टी चाहिँ एकताको पक्षमा छ,’ उनले भने, ’सकेसम्म पार्टी एकता नै गर्ने, नभए पनि मोर्चा गर्ने। केही न केही त गरेरै छाड्छौं भनि हाल्नुहुन्छ उहाँहरु। एउटा मजबुत क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता हो।’
 

कमेन्ट लोड गर्नुस