सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा महामन्त्री ढकाललाई कारबाही गर्नेबारे रास्वपामा दुई धार

२०८१ असार १४, ०८:११ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको निर्देेशनमा अनुसशान समितिले उनलाई प्रष्टिकरण सोधेको छ।

ढकालले ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन बुधवार सभापति लामिछानेलाई बुझाएका थिए। प्रतिवेदनमा पार्टी गतल ढंगले अघि बढेको र यस्तै अवस्था रहे आउँदो चुनावसम्म राष्ट्रिय पार्टीसमेत नबन्ने दाबी ढकालले प्रतिवेदनमा गरेका छन्।

विशेष गरी सभापति लामिछानको कार्यशैलीका कारण पार्टी समस्यामा परेको उल्लेख गरेका छन्। प्रतिवेदन बुझाउनु अघि नै ढकालले त्यसमा भएका विषयवस्तु सार्वजनिक गरेका थिए। त्यसलाई अनुशासनसँग जोडेर उनलाई प्रष्टिकरण सोधिएको एक नेताले जानकारी दिए।

ढकाललाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा रास्वपाभित्र दुई धार छ। एउटा पंक्ति उनलाई कारबाही गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष वास्तविक कुरा ल्याएकाले उनलाई कारबाही गर्न नहुने अडानमा छ। रास्वपाले बुधवार ढकालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।
 

कमेन्ट लोड गर्नुस