सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १० दिने व्यक्तित्व विकास र उद्घोषण तालिम सुरु

२०७६ जेठ २०, १२:३१ खबर संवाददाता

धनगढीमा आजदेखि १० दिने व्यक्तित्व विकास र उद्घोषण तालिम सुुरु भएको छ। जागौँ युवा संस्थाको आयोजनामा आजदेखि व्यक्तित्व विकास र उद्घोषण तालिम सुरु भएको हो। थ्रीस्टार टेक्नोलोजी  प्रालीको प्रयोजनमा धनगढीमा सुरु भएको तालिममा २५ जना युवाको सहभागिता रहेको जागौँ युवा संस्थाले जनाएको छ।

१० दिन सम्म चल्ने तालिममा सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमाल, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, कैलाली मोडका प्रिन्सीपल तपेन्द्र सिंह, कवि जनक रसिक लगायतका व्यक्तिले प्रशिक्षण दिने बताईएको छ।  
 

कमेन्ट लोड गर्नुस