सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार रहेका टीकापुरका एक जना पक्राउ

२०८१ असार १४, ११:११ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार रहेका कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिइ फरार रहेका टीकापुर नगरपालिका–८ बस्ने २४ वर्षीय संजय लुहार बिहीवार पक्राउ परेका हुन्। संजयरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेका जनाएको छ।

कमेन्ट लोड गर्नुस