सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते 

२०८१ असार १४, ११:०५ खबर संवाददाता

धनगढीः धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-४ मा रहेको आर्मी ब्यारेक अगाडी छ लेन सडकमा मोटरसाईकलले आज पैदल यात्रीलाई ठक्कर दिएको हो।

धनगढीदेखि अत्तरिया तर्फ जाँदै गरेको धनगढीका २३ वर्षीय प्रवेश रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ६१९६ नम्बरको मोटरसाईकलले पैदल यात्री डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-८ का ३९ वर्षीय विकास गुरुङलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाईकलको ठक्करबाट पैदल यात्री र चालक दूबै जना घाइते भएका छन्। उनीहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस