सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबी बैंक धनगढीले गर्‍यो ४५ जना उद्यमीलाई सम्मान  

२०८१ असार १४, १०:१९ खबर संवाददाता

धनगढीः एनएमबी बैंक धनगढीले ४५ जना सुक्ष्म, साना तथा मझौला उद्यमीलाई सम्मान गरेको छ।

बिहीवार विश्व लघु, साना तथा मझौला उद्योग दिवसको अवसरमामा एनएमबी बैंकले  देशभरिका सुक्ष्म, साना तथा मझौला उद्यमीहरुले अर्थतन्त्रमा पर्‍याएको योगदानको कदर गर्दै देशका विभिन्न ठाउँमा कार्यक्रम गरि सम्मान गरेको हो। यसैबिच एनएमबी बैंकको धनगढी शाखाले एक कार्यक्रम गरि विशेष समारोहका विच आफ्ना ग्राहकलाइ सम्मान गरेको छ।

धनगढीका सुक्ष्म, साना तथा मझौला उद्यमीहरुले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्र बितरण गरिएको बैंककी व्यवसायिक विकास प्रबन्धक रानु तिवारीले जानकारी दिईन्। बैंकका सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुख श्याम अधिकारी, वरिष्ठ क्षेत्र प्रबन्धक अमन जोशी, सञ्चालन प्रबन्धक विनोद मान सिंह, एनएमबी बैंकका शाखा प्रबन्धक तथा कर्मचारीले उद्यमीलाई सम्मान गरेको तिवारीले बताइन्।

कमेन्ट लोड गर्नुस