कैलालीका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
धनगढीः कैलालीका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ ब्यारेल, ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट, भजनी नगरपालिका–५ हलौनाघाट, टीकापुर नगरपालिका–७ सुर्जिपुर र नगरपालिका–८ पायलगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ३४ हजार ५१८ मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको प्याज, चिनी, बिडी, सुर्ती, मोबायल डिस्प्ले, चार्ज पिन, मोबायल रिपेरिङका समान, ग्लास, बिजुलीका सामान, मोटर, मोबिल, कुर्ती, धोती, लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएका छ।