कञ्चनपुरमा वन मुुद्दामा फरार रहेका एक जना पक्राउ
२०८१ असार १३, ०६:२४
कञ्चनपुरः कञ्चनपुरमा वन मुुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–२ दैजीका मोहनजंग रोकाया आज(बिहीवार) पक्राउ परेका हुुन।
रोकायालाई अदालतले २०७३ माघ १३ गते वन अतिक्रमण गरेको आरोपमा ५ महिना ५ दिन कैद र १० हजार जरिवाना तोकेको थियो। सोहि दिनबाटै फरार रहेका उनलाई प्रहरीले आज पक्राउ गरि अदालतमा पेश गरेकोमा अदालतले कैद सजाय भुक्तानको लागि कारागार चलान गरेको छ।
कमेन्ट लोड गर्नुस