सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १८ हजार विद्यार्थीमा पाँच हजार मात्र उर्त्तीण

२०८१ असार १३, ०४:५३ खबर संवाददाता

धनगढीः आज (बिहीवार) सार्वजनिक भएको माध्यमिक शिक्षा (एसईई) को नतिजामा कैलालीका ३० प्रतिशत विद्यार्थी मात्र उर्त्तीण भएका छन्।

२०८० सालको एसईई परीक्षामा १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा पाँच हजार चार सय २८ जना मात्रै उर्त्तीण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत प्रतापसिंह धामीले उनीहरु मध्ये चार जनाले ४ जिपीए प्राप्त गरेको जानकारी दिए।

३३४ जनाले ३.६ देखि ४ जिपीए, एक हजार २९९ जनाले ३.२ देखि ३.५९ जिपीए, दुई हजार ९३ जनाले २.८ देखि ३.१९ जिपीए, एक हजार ५१९ जनाले २.४० देखि २.७९ जिपीए र १८३ जनाले २.०१ देखि २.३९ जिपीए प्राप्त गरेको धामीले बताए। कैलालीमा पाँच हजार ५० जनाले भने ग्रेड सुधार परीक्षा दिन पाउनेछन्। 
 

कमेन्ट लोड गर्नुस