सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन मिल्ने

२०८१ असार १३, ०४:४० खबर संवाददाता

काठमाडौँः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले कक्षा १० को यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा  को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए। ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि लागुु गरेका छौं। यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरुले लाइन लाग्नुपर्ने अवस्था हटाएका छौं।

पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले बताए। त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाई विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ। 
 

कमेन्ट लोड गर्नुस