सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी सिकारी नियन्त्रण गर्न दुवै देशका अधिकारी एकजुट

२०८१ असार १२, १०:३२ खबर संवाददाता

धनगढीः कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हुने वन्यजन्तु तथा वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न योजनाबद्ध एवं थप प्रभावकारी रूपमा अघि वढनेमा दुइ देशका वन सम्बद्ध अधिकारी र संरक्षणकर्मीले प्रतिबद्धता जनाएका छन्।

बुधवार धनगढीमा सम्पन्न दुइ देशका वन कर्मचारी  र संरक्षणकर्मी बिच भएको मैत्रीपूर्ण छलफलमा दुवै देशका अधिकारीहरुले अवैध रूपमा हुने चोरी सिकारी नियन्त्रणका लागी एक अर्कालाई समयमै सुचना आदान प्रदान गरी त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका हुन।

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भीमप्रसाद कँडेलले सीमावर्ती क्षेत्रमा हुने वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न समकक्षीसँग निरन्तर सूूचना आदान प्रदान गरिने बताए। सीमा क्षेत्रमा हुन सक्ने यस्ता घटना नियन्त्रणका लागी  नेपालका तर्फबाट वन कर्मचारी अहोरात्र खटिएको भन्दै यसलाई अझ प्रभावकारी बनाइने बताए।

सीमावर्ती क्षेत्रमा पर्ने कुण्डा सव डिभिजन वन कार्यालय पुनर्वासका वन अधिकृत दिनेश कुमार यादवले सीमावर्ती क्षेत्रमा पछिल्लो समय मानव र वन्यजन्तु बिच द्वन्द्व वढदै गएकाले यसको नियन्त्रणका लागी  दुवै देशले प्रभावकारी कार्यक्रम लागु गर्नुपर्ने बताए। वन्यजन्तुको ओहोरदोहोर गर्ने करी डोरको संरक्षण नगरे सम्म यस्ता घटना वढदै जाने भन्दै उनले यस विषयमा समुदाय स्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए।

कमेन्ट लोड गर्नुस