सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ बर्षअघि लोडसेडिङ हटेपनि अनियमित विद्युत कटौतीले धनगढीवासी आजित

२०७६ जेठ २०, ०७:३१ रोशन भट्ट

संघीय सरकारले आगामी आर्थिक बर्ष भित्रै सुदूरपश्चिमलाई उज्यालो प्रदेश बनाउने योजना ल्याएको अवस्थामा प्रदेशको राजधानी कैलालीमा अघोसित लोडसेडिङ जारी छ। मर्मत सम्भारको नाममा अस्थायी राजधानी धनगढी सहित जिल्लाका अधिकासं क्षेत्रमा भईरहेको अघोसित लोडसेडिङले राजधानीवासी हैरान भएका हुन्। पछिल्लो एक साता यता दैनिक जसो ५ घण्टा बढी विद्युत कटौति हुन थाले पछि धनगढीका स्थानीय त्यसको प्रत्यक्ष मारमा परेका छन्। विद्युत कार्यालयको लापरवाहिका कारण विद्युत कटौती भईरहेको आरोप धनगढीका स्थानीय मदनकृष्ण भट्टको छ। ‘नेपाल विद्युत प्रधिकरणले लोडसेडिकको तालीका हटाएको दुई वर्ष भएपनि धनगढीका स्थानीय भने अहिले पनि लोडसेडिङको मारमा छन्।’ उनले भने। 

अहिले धेरै उपकरणहरु विद्युतिय मध्यमाबाट सञ्चालन हुने गरेकाले पनि झनै समस्या भएको स्थानीय विरवहादुर वोहाराको गुनासो छ। करिव ५७ हजार सेवाग्रही रहेको नेपाल विद्युत प्रधिकरणको धनगढी वितरण केन्द्रले भने लोडसेडिङ नभएको दावी गरेको छ। धनगढी वितरण केनद्रका प्रमुख धिरेन्द्र कुमार यादवले मर्मतका वेला छोटो समयका लागि विद्युत कटौती भएपनि त्यस वाहेक विद्युत प्रवाह भईरहेको बताए। तर एक सातादेखि धनगढीमा विहानको समयमा ५, ६ घण्टा सम्म विद्युत हुँदैन भने रातीको समयमा पनि बेला–बेला विद्युत कटौतीको समस्या छ। 

 
 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस