धनगढीका दुई युवा लागुऔषधसहित कञ्चनपुरमा पक्राउ
कञ्चनपुरः धनगढीका दुई युवा लागुऔषधसहित कञ्चनपुरमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का १९ वर्षीय आशिषबहादुर धानुक र धनगढी–२ का १९ वर्षीय छत्रबहादुर सिंह रहेका छन्।
उनीहरुलाई कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भिमबस्तीबाट ४७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। साथै उनीहरु सवार एक थान मोटरसाईकल समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।