सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८१ असार १२, ०८:११ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको पर्शुराम नगरपालिका–१ का ५५ वर्षीय भोज नाथ आलिताल गाउँपालिका–३ डाँडाखर्कबाट भरुवा बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनी आलिताल गाउँपालिका–३ डाँडाखर्कमा बाख्रा पालन गर्दै आएका थिए।

खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले अवैध भरुवा बन्दुक फेला परेपछि नाथलाई नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस