सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विद्युतको पोलमा करेन्ट लागेर दुई बाख्रा मरे

२०८१ असार ११, ०५:४४ खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिका–९ बिजयापुरमा विद्युतको पोलमा करेन्ट लागेर दुईवटा बाख्रा मरेका छन्।

मंगलबार दिउँसो पाटन नगरपालिका–९ बजौटेका स्थानीय नरेन्द्रसिंह बिष्ट र भानदेव बिष्टका दुईवटा बाख्रा मरेका हुन्। खोड्पे देख गाँजरी जोड्ने थ्री फेस लाइनको पोलमा बहेको करेन्टले बाख्रा मरेको पीडित भानदेव बिष्टले बताएका छन्।

पीडित पक्षले निवेदन दिए क्षतिपुर्तीका लागि सिफारिस गरिने विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताएका छन्। गत वर्ष पनि भानदेव बिष्टकी बुहारी कमला बिष्ट रुखमै लत्रिएको तारबाट बहेको करेन्ट लागेर घाइते भएकी थिइन्।

कमेन्ट लोड गर्नुस