सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको नीति कार्यक्रमः गत बर्ष दुई वर्षमा पूर्ण साक्षर, अव तीन बर्षमा पूर्ण साक्षर

२०७६ जेठ १९, ०६:२७ खबर संवाददाता

सुदूरपश्चिम सरकारले आज आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदमा २ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। तर गत बर्ष प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र यो बर्ष प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा एउटै कार्यक्रम पनि फरक उद्येश्यका साथ प्रस्तुत गरिएको छ। 

गत बर्ष चालु आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बुदा नम्वर २० मा अगामी दुई वर्षभित्र सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भनिएको थियो। तर आगामी आर्थिक बर्षका लागि आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुदा नम्वर ७१ मा एक बर्ष बढाएर तीन बर्षमा पूर्ण साक्षर बनाउने कार्यक्रम प्रस्तुत गरिएको हो। आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा एक बर्ष घट्नुको सट्टा उल्टै बढेर तीन बर्ष भएपछि सरकारले अध्ययन विना नै नीति तथा कार्यक्रम बनाएको भान हुन थालेको छ। 

 

 

कमेन्ट लोड गर्नुस