सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ स्थिर, चाँदीको घट्यो

२०८१ असार ११, ११:४७

मंगलबार सुनको भाउ स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि पनि अघिल्लो दिनकै मूल्य तय गरेको छ। महासंघका अनुसार मंगलबार पनि सुनको भाउ १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको छ।
 

कमेन्ट लोड गर्नुस