बेलडाँडीले ल्यायो ५३ करोड १६ लाख ७२ हजार बराबरको बजेट

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि कूल ५३ करोड १६ लाख ७२ हजार बराबरको बजेट ल्याएको छ।
सोमवार बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाको सभाध्यक्षतामा आयोजित गाउँ सभाको पन्ध्रौँ अधिवेशनमा अध्यक्ष रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्ति नाथले आगामी आर्थिक वर्षको बजेट विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटको कूल खर्चमा चालुतर्फ ३६ करोड १ लाख ९२ हजार मध्ये १२ करोड सामाजिक सुरक्षाको र पुँजीगत तर्फ १७ करोड १४ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ।
शाखागत कार्यक्रम अन्तर्गत महिला विकास शाखातर्फ ६ लाख ५० हजार, भूमि व्यवस्थापनतर्फ ४५ लाख, पशुपन्छी विकास शाखातर्फ १७ लाख, स्वास्थ्य शाखातर्फ १ करोड ५५ लाख, शिक्षा तथा खेलकुद शाखातर्फ १ करोड ७३ लाख, वन तथा वातावरण शाखातर्फ ८ लाख, सहकारी शाखातर्फ ८ लाख, उपाध्यक्ष विशेष कार्यक्रममा १७ लाख, प्रधानमन्त्री रोजकार कार्यक्रममा १ लाख र समावेशी कार्यक्रममा २ लाख विनियोजन गरिएको छ।


