सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको सेती सामुुदायिक वनमा एक नाले बन्दुुक फेला

२०८१ असार १०, ०९:३३ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा रहेको एक सामुदायिक वनमा प्रहरीले एक नाले बन्दुक बेवारीसे अवस्थामा फेला पारेको छ।

गोदावरी नगरपालिका–४ मा रहेको सेती सामुुदायिक वनबाट अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटीएको प्रहरी टोलीले वनमा सालको रुखको प्वालभित्र लुुकाइराखेको अवस्थामा बरामद गरेको हो।

प्रहरीले एक थान एक नाले भरूवा बन्दुक, सिसाको गोली–१८ वटा, छर्रा–१५ वटा र एउटा सानो डिब्बा बारुदको फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।
 

कमेन्ट लोड गर्नुस