सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ महिना अगाडी निर्माण सम्पन्न गर्ने कैलालीका व्यवसायी सेटी सुर्खेतमा सम्मानित

२०७६ जेठ १९, ०५:४१ खबर संवाददाता

ठेक्का सम्झौता अवधी भन्दा ६ महिना अगाडी निर्माण सम्पन्न गर्ने कैलालीका निर्माण व्यवसायी प्रकाशवहादुर सेटी सम्मानित भएका छन्। निर्माण व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष समेत रहेका सेटीलाई सुर्खेतमा सम्मानित गरिएको हो।

सुर्खेतको मेलकुनामा ठेक्का सम्झौताको अवधी सकिन १ सय ८६ दिन अगाडी सिटी हल निर्माण गरिएको भन्दै रोयल कन्स्ट्रक्सनका संचालक सेटीलाई सम्मानित गरिएको हो। संघीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाकले सिटी हलको उद्धघाटन गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस