सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेदकोट नगरपालिका कञ्चनपुरको बजेट ९८ करोड

२०८१ असार १०, ०६:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ९८ करोड ५७ लाखको बजेट ल्याएको छ।

बेदकोट नगरपालिकाको १५ औं नगर सभाबाट सोमवार वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरिएको छ। नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी नीति तथा कार्यक्रम र उप मेयर तुलसी जोशीले बजेट प्रस्तुत गरेकी थिइन्। नगर सभामा छलफल गरी नीति, कार्यक्रम र बजेट पारित गरिएको छ।

बजेटमा ७३ करोड ३३ लाख चालु खर्च र २५ करोड २४ लाख पूँजीगत खर्च पारित गरिएको छ। बेदकोटका मेयर बोहराले बेदकोटलाई समृद्ध र समुन्नत नगर बनाउने लक्ष्य सहित नीति, कार्यक्रम र बजेट आएको बताए। उनले नगर वासिन्दाको जनजीविकासित प्रत्यक्ष रुपमा जोडिएका स्वास्थ्य, शिक्षा, पशु, कृषि, वन एबम् महिला विकासका क्षेत्रलाई प्राथमिकता दिइएको बताए।

बजेटमा ६ करोड ९० लाख आन्तरिक स्रोतबाट पूर्ति हुने लक्ष्य लिइएको छ। यसैगरी वित्तीय समानीकरण अनुदान १४ करोड ५० लाख, राजश्व बाँडफाँट १३ करोड २४ लाख, संघीय सरकार सशर्त अनुदान चालु २८ करोड ७३ लाख, संघीय विशेष अनुदान ३ करोड, संघीय समपुरक अनुदान १ कराड २० आउने प्रक्षेपण गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस