सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहिनीको हत्या आरोपमा दाजु पक्राउ

२०८१ असार १०, ०५:५९ खबर संवाददाता

आफ्नै बहिनीको हत्या गरेको आरोपमा उनका दाजुलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका–८ नरकटिया टोलका २२ वर्षीय दिपेन्द्रकुमार राम छन्। उनले आइतवार बिहान घरायसी विवादको कारण आवेशमा आई बाँसको मुङग्रोले आफ्नी २० वर्षकी बहिनी तेतरी कुमारी रामको टाउकोमा प्रहार गरेका थिए।

घाइते तेतरीको उपचारकाक्रममा बिरगंज स्थित नारायणी अस्पतालमा मृत्यु भएको रौतहटकि प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरिले बताइन्। तेतरीको मृत्यु भएपछि उनका दाजु दीपेन्द्रलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको गिरिले बताइन्।
 

कमेन्ट लोड गर्नुस