सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका एक जना अत्तरियाबाट बेपत्ता

२०८१ असार १०, ०५:१६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाबाट एक जना पुरुष बेपत्ता भएका छन्।

गोदावरी नगरपालिका–३ का ५० वर्षीय देब साउँद आइतवारदेखि अत्तरियाबाट बेपत्ता भएका हुन्। साउँद बोल्न समेत सक्दैनन्।

उनलाई अन्तिम पटक अत्तरिया चोकबाट साइकलमा पूर्वरोडतर्फ गएको सीसीटीभी क्यामरामा देखिएको छ। उनलाई भेटाउने व्यक्तिले नजिकको प्रहरी चौकी वा यो नम्बरमा ९८६८५०३९६९ सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस