सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगाको आगामी बजेट ९५ करोड ४५ लाख

२०८१ असार १०, ०४:०९ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

सोमबार नगर उपप्रमुख भोजबहादुर बमले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गरेका हुन्। कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी बजेट सार्वजनिक गरिएको छ।

उपप्रमुख बमले कुल ९५ करोड ४५ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। पुँजीगत र चालु गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद भाटले बताएका छन्।

कमेन्ट लोड गर्नुस