सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट कम दिएको भन्दै गोदावरीका वडा अध्यक्ष आन्दोलित

२०७६ जेठ १९, ०४:०७

कैलालीको गोदावरी नगरपालिकाका वडा अध्यक्षहरु आन्दोलित भएका छन्। नगरपालिकाले वडामा बजेट कम दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको भन्दा आगामी आर्थिक बर्ष २०७६-०७७ को बजेट सिलिङ्गमा न्यून बजेट देखिएको भन्दै वडा अध्यक्ष तथा सदस्यहरु आन्दोलित भएका हुन्। गोदावरी नगरपालिकाको ६ वटा वडाका अध्यक्षहरु आन्दोलित भएका हुन्। नगरपालिकाको वडा नम्बर ४, ६, ७, ८, १० र १२ का वडा अध्यक्ष तथा सदस्यहरुले नगरपालिकालाई बजेट कम भएको भन्दै ज्ञापन पत्र समेत बुझाएका छन्। नगरपालिकाले गतआर्थिक बर्षको बजेट सिलिड्मा वडा भित्रबाट योजना छनौटका लागि १२ वटै वडामा प्रतिवडा ८० लाखका दरले ९ करोड ६० लाख बजेट र चालु आर्थिक बर्ष २०७५-०७६ मा सम्पुर्ण वडाका लागि १० करोड ५० लाख बजेट बिनियोजन गरेको थियो। तर आगामी आर्थिक बर्ष २०७६-०७७ का लागि सबै वडाका लागि ५ करोड मात्र बजेट सिलिङ गएपछि वडाहरुको विकासमा बाधा पुग्ने अध्यक्षहरुको गुनासो छ। 

गोदावरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर चोखालले माग पुरा नभए नगरपरिषद बहिष्कार गर्ने बताए। ज्ञापन पत्र बुझ्दै गोदावरी नगरपालिकाकी उप–प्रमुख रत्ना कडायतले नगरपालिकाका प्रमुख बाहिर रहेकाले आएपछि मात्र यो बिषयमा छलफल हुने बताईन्। उनले नगरपालिकाको आगमी आर्थिक बर्षको बिकासे बजेट ५० करोडको हाराहारीमा रहेको जनाकारी दिइन्। नगरस्तरिय कार्यक्रमहरुमा पनि वडाका बिषेश गौरबका योजनालाई प्राथमिकता दिइएको उनको दावी छ। 

नगरपालिकाले गत आर्थिक बर्षमा समानिकरण तर्फ प्रति वडालाई ८० लाख र बाँकी बिभिन्न सुत्रका आधारमा १ करोड देखी २ करोड सम्मको बजेट बिनियोजन गरेकोमा आगामी आर्थिक बर्षमा समानिकरण तर्फ प्रति वडालाई ३० लाख र बाँकी बिभिन्न सुत्रका आधारमा बढिमा ४८ लाख रकम सम्मको बजेटको सिलिङ् पठाएको छ। समानीकरण अनुदान ३ करोड ६० लाख र सुत्रमा आधारित अनुदान १ करोड ४० लाख गरी गोदावरी नगरपालिकाको १२ वटै वडामा जम्मा ५ करोड बजेट बिनियोजन गरेको नगपालिकाले वडामा पठाएको सिलिङ्मा उल्लेख छ ।
 

कमेन्ट लोड गर्नुस