सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट झण्डै ४ लाख मुल्यका अबैध सामान बरामद

२०८१ असार ९, ०२:१८ खबर संवाददाता

धनगढीः कैलालीका विभिन्न स्थानबाट झण्डै चार लाख मुल्यका अबैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले विभिन्न स्थानबाट अबैध सामान बरामद गरेको हो।

चार लाख मुल्यका लेडिज कुर्ति सुरवाल, सुजी, सिस्टम गुट्खा, बोइलर कुखुरा, बच्चाको चप्पल, चिनी लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय त्रिनगर पठाइएको छ।

कमेन्ट लोड गर्नुस