सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टर नालामा खस्दा कैलालीमा एक जनाको मृत्यु

२०८१ असार ९, ०९:३१ खबर संवाददाता

धनगढीः ट्याक्टर नालामा खस्दा कैलालीमा एक जनाको मृत्यु भएको छ।

शनिबार राति भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको थियो। दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ का २१ वर्षीय शेरबहादुर नेपाली र ट्याक्टरमा सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए।

राति नै उनीहरुको उद्दार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्कीमा पुगाइएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको टीकापुर अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो। अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस