सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट तीन लाख बढीको अवैध सामान बरामद

२०८१ असार ९, ०७:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।

शनिवार धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले तीन लाख बढीको अवैध सामान बरामद गरेको छ। धनगढी उपमहानगरपालिकाका–३ बिद्युत कार्यालय, धनगढी–४ बसपार्क, धनगढी–९ त्रिबेणीघाट, धनगढी– १४ गाँउघाट, गोदावरी नगरपालिका–२ पहाड रोड बसपार्क गौरीगंगा नगरपालिका–१० उदासीपुर, भजनी नगरपालिका–२ कटानपुर र कैलारी गाउँपालिका– ३ निमुवा बोझिबाट ३ लाख ७२ हजार ४ सय चालिस मुल्य बराबरकोे चिनी, सुजि, पेय पदार्थ, सुर्ती, मिठाई, थान कपडा, पाइन्ट, मोजा, चप्पल, प्लास्टिक डोरी, सेतो कपडा, सुटपिस, सिद्रा माछा, माछा, बोइलर कुखुरा, लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले पारी नियन्त्रणमा लिएको हो।

 

कमेन्ट लोड गर्नुस