यी प्रदेशमा आज मनसुनी प्रणालीको प्रभाव
हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
साथै विभागले आज राति कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।