सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ असार ८, ०८:२३ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ गोलपार्क स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने ३५ वर्षीय आशिष लोथ्याल शुक्रवार पक्राउ परेका हुन्। लोथ्याललाई १९० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको टीकापुर प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस