सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार रहेका कैलालीका एक जना पक्राउ

२०८१ असार ८, ०७:४९ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार रहेका कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०८० मंसिर ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकेपछि फरार रहेका घोडाघोडी नगरपालिका–८ दिपनगर बस्ने ३१ वर्षीय फैसल खाँन पक्राउ परेका हुन्। खाँनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस