सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई वर्षको अवधिमा कृषकको हितमा केके काम भए?

२०८१ असार ६, ०७:११ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ।

उपमहानगरपालिकाले दुई वर्षको अवधिमा मुख्यतयाः किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन सहज र सरल रुपमा विक्रीवितरण गर्न त्रिनगर माविको जग्गामा सञ्चालन गरिएको कृषि हाट बजारमा उपमहानगरभित्रका किसानले उत्पादन गरेको कृषि उपज राखेर विक्रीवितरण गर्ने वातावरण सिर्जना गरिएको छ।

साथै कृषि हाटबजारमा हुने विचौलियाहरुका गतिविधिलाई निरुत्साहित गर्ने काम उपमहानगरपालिकाले गरेको छ। उपमहानगरपलिकाले धनगढीका किसानलाई किसान परिचयपत्र वितरण गरेर व्यापार गर्न छुट दिएको छ। त्रिनगर हाटबजारमा बिगतमा बिचौलियाहरूले किसानहरूलाई कृषि उपज बिक्री गर्न समस्या खडा गरेपछि उपमहानगरले किसान परिचयपत्रको अवधारणा लागु गरेको हो।

किसानहरूले कम मूल्यमा बिचौलियासँग तरकारी बिक्री गर्नुपर्ने गुनासो गरेपछि उपमहानगरले कृषि हाटबजारमा बिचौलियाको अन्त गर्न धनगढीका किसानहरूलाई परिचयपत्र वितरण गरेको छ। किसान परिचयपत्र लागु भएपछि धनगढीका किसानहरूले हाटबजारबाट आफ्नो उत्पादन उपभोक्तालाई बिक्री गर्न सहज भएको छ।

त्यस्तै नगर क्षेत्रमा फूलखेती गर्ने किसानका लागि तालिम नै सञ्चालन गरेर फूलखेती बिउ लगायतका सामग्री वितरण गर्ने काम पनि उपमहानगरले गरेको छ। पूष्प व्यवसायीलाइ नगर परिसरमा पूष्प विक्री केन्द्रको निःशुल्क व्यवस्था नै गरेर फूल किसानलाई माथि उकास्ने प्रयास समेत गरिएको छ। आलुको मूल बिउ उत्पादन र भण्डारणमा किसानलाई अनुदान उपलब्ध गराइएको छ।

स्थानीय थारु आलुको उत्पादन मिनी पकेट सञ्चालन गरिएको छ। मुङ उत्पादन प्रवद्र्धनका लागि बिउ, बिषादीमा ७५ प्रतिशत अनुदानसँगै तालिम समेत दिने काम भएको छ। यसका साथै अपाङ्गता भएका एकल महिला दलिल महिला, जनजाति महिलालाई आय–आर्जनमा जोड्ने गरेर तरकारी खेती र च्याउ खेतीका लागि कार्यक्रम नै सञ्चालन गरिएको छ। कृषक पाठशाला समेत उपमहानगरपालिकाले सञ्चालन गरेको छ। कृषक सुचीकृत गर्ने काम पनि उपमहानगरले गरेको छ। उन्नत जातको धान र गहुँको बिउ उपयोगमा अनुदान वितरण गर्ने काम गरिएको छ। तरकारी खेती तथा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेलमा अनुदानको व्यवस्था गरिएको छ।

कमेन्ट लोड गर्नुस