धनगढीका एक युवक लागूऔषधसहित पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय राकेश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो। चौधरीलाई १३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिहं बोहराले जानकारी दिए।