गर्मी छल्न कञ्चनपुरको बतासे झरना

अहिले पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी अत्याधिक बढेको छ। धनगढीमा त दैनिक ४० देखि ४२ डिग्री सेल्सियस सम्म तापक्रम मापन हुँदै आएको छ। गर्मी अत्याधिक बढ्न थालेपछि विभिन्न नदी खोलामा नुहाउन जाने र पहाडी क्षेत्रमा गर्मी छल्न जानेको सङख्या पनि बढ्दै गएको छ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ को धारापानी स्थित चुरेको फेदमा रहेको बतासे झरना पनि अहिले गर्मी छल्ने उपयुक्त स्थान बनेको छ। केही समय पहिले मात्र पत्ता लागेको झरनामा गर्मी छल्न स्थानीय बासिन्दा जाने गरेका छन्। झरनामा कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट गर्मी छल्न पुगिरहेका छन्।
फोटो: सुरेश पन्त




