कैलालीको लम्कीचुहाबाट तीन लाख बढीका अवैध कपडा बरामद
धनगढीः कैलालीबाट प्रहरीले तीन लाख बढी मुल्यको अवैध कपडा बरामद गरेको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ राजपुर स्थित भित्रि सडक खण्डबाट ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलिले भन्सार छलिको अन्दाजी ३ लाख ३८ हजार ७३० मुल्य बराबरको कपडा बरामद गरेको छ।
प्रहरीले सुट,मेक्सिको कपडा, चादरको कपडा, ब्लाउजको कपडा, सुरुवालको कपडा, पहेलो जरजेटको कपडा, सेतो दोपट्टा, गम्छाको कपडा, सर्ट लगाएतको कपडा बरामद गरेको हो। बरामद गरेको सामान कारबाहीकालागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।