सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ असार ५, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले अवैध  सामान बरामद गरेको छ। मग्लवार धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ।

धनगढी–४ बसपार्क, धनगढी–७ देवरीया, धनगढी–९ जुगेडागाँउ र धनगढी–१८ लुक्लीपुरबाट भन्सारका अन्दाजी १ लाख ४७ हजार ५ सय मुल्य बराबरको अवैध सामान बरामद गरेको हो।

बरामद गरेको चिनी, सुर्ती, मटर, पापड, सुपारी, बोईलर कुखुरा, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। 
 

कमेन्ट लोड गर्नुस