सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका एक पुरुष पाँच दिनदेखि बेपत्ता

२०८१ असार ४, ११:५० खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरका एक पुरुष पाँच दिनदेखि बेपत्ता छन्।

टीकापुर नगरपालिका–५ मनिकापुरका ५५ वर्षीय खुशीराम चौधरी जेठ ३२ गते दिउँसोबाट बेपत्ता भएको स्थानीयले जानकारी दिए। दिउँसो मदिरा सेवन गरेर रानी कुलोमा पसेका चौधरी साँझ घर नपुगेपछि स्थानीयले उनको खोजी गरेका थिए।

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत रहेको रानी कुलामा रोपाईका लागि पर्याप्त पानी रहेकाले खोजतलासमा समस्या हुँदा नहर नै बन्द गरेर आज बिहानैदेखि खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताए।

कमेन्ट लोड गर्नुस