सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा यी धार्मीक र पर्यटकीय क्षेत्रको विकास गर्न छुट्याइयो ८ करोड

२०८१ असार ४, १०:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको धार्मीक र पर्यटकीय क्षेत्रको विकास गर्न ८ करोड बजेट विनियोजन गरिएको छ।

यहाँका प्रमुख पर्यटकीय क्षेत्र बडिमालिका, खप्तड, रामारोशन, मालिकार्जुन, गोदावरी धाम, मालिकार्जुन क्षेत्रको धार्मीक पर्यटकीय विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। शुक्लाफाँटा, शैलेश्वरी मन्दिर, अपि शैपाल, बेहडाबाबा, अजमेरुकोट, महाभारत लेक, बडिकेदार, बैद्यनाथ धाम, भम्मकेनी धाम, घोडाघोडी ताल, उग्रतारा मन्दिर, सुर्मादेवी, टीकापुर पार्क, मेलौली भगवती, त्रिपुरा सुन्दरी, गर्भा दरबार, सिगास धाम र बतासे झरना लगायत धार्मीक एवं पर्यटकीय क्षेत्रको विकास गर्न ८ करोड बजेट विनियोजन गरिएको छ।

यसका साथै सुदूरपश्चिमका नौवटै जिल्ला अन्तर्गत विभिन्न धार्मीक एवं प्राकृतिक स्थलहरुमा पर्यापर्यटन प्रवद्र्धनका गर्न सम्वन्धित स्थानीय तहबाटै कार्य सञ्चालन हुने गरेर सर्सत अनुदान स्वरुप २८ करोड १२ लाख बजेट विनियोजन गरिएको छ। साथै प्रादेशिक पर्यटन महोत्सवका लागि समेत प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका र डोटीको पुर्वीचौकी गाउँपालिका अन्तर्गत नक्षत्र बाटिका र कैलालीको गौरीगंगामा हर्बल पार्क निर्माणका लागि समेत बजेट विनियोजन गरिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले बताए। आगामी आर्थिक वर्षका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कुल २ अर्ब ४ करोडको बजेट प्राप्त गरेको छ।

कमेन्ट लोड गर्नुस