सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे एक लाख भारतीय दर्शन गर्न बेहडाबाबा आइपुगे, सयौं किलो खाद्यन्न दान

२०८१ असार ३, ०६:५० कमल सावद

धनगढीः कैलालीको बेहडाबाबा मन्दिरमा गंगादशरा मेलामा झण्डै तीन लाख भक्तजनले दर्शन गरेका छन्।

तीमध्ये एक लाख ५० हजार बढी भारतीय नागरिक हुन्। गंगादशहरा मेलाको  अघिल्लो दिन धनगढी–१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा सो संख्यामा भारतीय नागरिक पुगेका थिए। मेला सुरु भएको दोस्रो दिन सोमवार पनि भारतीय भत्तजनहरु बेहडाबाबामा दर्शन तथा पूजाका लागि पुग्ने गरेका छन्। मन्दिरको दर्शनसँगै उनीहरुले भेटी समेत चडाएका छन्।

भारतीय नागरिकले आफूले उत्पादन गरेको अन्नसमेत मन्दिरमा ल्याएका छन्। बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले भारतीय भक्तजनहरुले बेहडाबाबा मन्दिरलाई कुल देवताको रुपमा मान्दै आएको बताए। ‘भारतीय भक्तजनहरुले कुलदेवताका रुपमा पुज्या छन्।

भारतीय नागरिकले बेहडाबाबाको शीलापत्ता समेत लगाएका छन्। माटोको भाडोमा धान, चामल, गहुँ लगाएतको अन्न ल्याउने गरेका छन्। हामीले केही फिर्ता गर्छौ। उहाँहरुले अन्न बढी फलोस भनेर यस्तो गर्ने गर्ने गरेका हुन्,’ उनले भने।
भारतको विभिन्न स्थानबाट आएकाहरुले कुलदेवताका रुपमा बेहडाबाबालाई पुज्ने गरेका छन्। साथै सिजन अनुसार अन्नसमेत मन्दिरमा चडाउदै आएका छन्।

आइतवारबाट सुरु भएको गंगाशदराको मेलामा उनीहरुले गहुँ, लाही, मसुरो लागायतका अन्न दान गरेका छन्। मन्दिरमा दान गरेको अन्नको केही हिस्सा मन्दिर व्यवस्थापन समितिले भारतीय नारिकलाई फिर्ता गर्नुपर्ने हुन्छ। उनीहरुले घरमा रहेको अन्नको भण्डामा बेहडाबाबा मन्दिरबाट फिर्ता लिएको अन्न राख्ने गरेका छन्। बेहडाबाबा मन्दिरमा दान गर्दा अन्न राम्रो हुने र रोग किराले नोक्सान नगर्ने भारतीय भक्तजनहरुको विश्वास छ।

जोशीले भने, ‘अनाज ल्याउने प्रचलन रहेको छ। भारतीय भक्तजनको विशेषता यहि हो। हिजो मात्र आधा ट्राली अन्न आएको छ।’ मन्दिर व्यवस्थापन समितिले पूजारी, सुरक्षाकर्मी तथा स्वयमसेवकका लागि खाद्यान्नको जोहो भारतबाट आएको अन्नबाटै हुने गरेको छ।

केही मात्रामा तेल, नुन, खुसार्नी तथा मसला मात्र मन्दिर व्यवस्थापन समितिले खरिद गर्ने गरेको छ। जोशीले भने, ‘गहुँ बिक्री गर्ने गरेका छौं। चामल र तोरी बिक्री गर्ने गरेका छैनौ। केही आश्रमहरुमा दिने गरेका छौ। मन्दिरका भक्तजनहरुलाई खुवाउने गरेका छौ।’ बेहडाबाबामा जेठ शुक्लपक्ष दशमी तिथिबाट गंगादशरा पूजा तथा मेला लाग्ने गर्दछ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस