सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १५ पुग्यो 

२०८१ असार ३, ०६:३९ खबर संवाददाता

एजेन्सीः भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ। अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो।

रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ। घाइते ६० जनाको अस्पतालमा उपचार भइरहेको छ। सरकारले मृतकका परिवारलाई १०–१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ।
 

कमेन्ट लोड गर्नुस