सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमनत्री दाहाललाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिउँः नेत्रविक्रम चन्द 

२०८१ असार ३, ०६:२८ खबर संवाददाता

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सरकारमै बसेको पार्टीले र आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भन्नु सरकार सुरक्षित नहुनु भएको बताएका छन्।

उनले प्रधामन्त्री पष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग काम गर्ने समेत बताए। सोमवार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने,  ‘प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ। उहाँलाई काम गर्न दिइएको छैन। एउटा रणनीति बनाएर दिनोस्’।

प्रचण्डको समर्थन गर्दै विप्लवले भने, ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ। पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन्। तैपनि उहाँलाई तनाव छ। अर्थमन्त्रीले बजेट ल्याएका छन्। सरकारमै बसेको पार्टीले पनि ठिक छैन भनेको छ। हुँदाहुँदै आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ। यस्तो तरिकाबाट कसरी चल्छ?’
 

कमेन्ट लोड गर्नुस