सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीचुहामा मृतकका नाममा ८६ हजारभन्दा बढी रकम निकासा

२०८१ असार ३, १२:०० खबर संवाददाता

धनगढीः कैलालीको लम्की–चुहा नगरपालिकाले मृत्यु भइसकेकाहरुको नाममा पनि रकम निकासा गरेको छ।

सो नगरपालिकाले मृत्यु भइसकेका २० जनाको नाममा रकम निकासा गरेको हो। मृत्यु भइसकेका प्रति मृतक ९ सय ३१ देखि ३३ हजार १० हजार चार सय रुपैयाँसम्म रकम निकासा गरेको पाइएको छ।

दोस्रो, तेस्रो र चौकी किस्ताका नाममा मृत्यु भइसकेका २० जना मृतकको नाममा सो नगरपालिकाले ८६ हजार पाँच सय २६ रुपैयाँ निकासा गरेको फेला परेको छ। निकासा गरिएको रकमलाई बेरुजूको रुपमा राखिएको छ। नगरपालिकाले सो रकम फिर्ता गर्नुपर्ने भएको छ।

कमेन्ट लोड गर्नुस