सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ असार ३, ०७:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से ५ प ६१६० नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतवार मृत्यु भएको हो।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाईकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस